Monthly Archives: August 2012

प्रार्थना

धैरै डर र चिन्ता
कतै केहि भैहाल्ने पो हो कि भनेर
मनको बाघले धेरै खायो
कतै सबै जिवन खेर जाने पो हो कि भनेर

तर थोरै आशा अझ पनि बाँकि छ
सबै ठिक होला भन्ने
अब छिट्टै नै
यो काल रात्रिबाट मुक्ति पाउने आशा

त्यसैले त आजकल आस्तिक भएको छु
भगवानलाई प्रार्थना ग‌र्दछु
नयाँ नयाँ भाकल गर्दछु
आखिर अरु कसले सुन्छ र मेरो व्यथा
र अरु कसले गर्छ त्यसको अन्तय?

त्यसैले प्रभु म हजुरको शरणमा आएको छु
मेरो उद्दार गरिदिनुहोस ।।

😦